प्रदेश सरकारले डुमरिया अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि

धनुषा – धनुषाको सहिदनगर नगरपालिका–८ डुमरियास्थित सहिद सूर्यनारायण स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट स्वास्थ्य उपकरण तथा औषधि आज पठाइएको छ ।

करिब १४ वर्षयता सञ्चालन हुन नसकेको सो अस्पतालमा तत्काल सेवा सञ्चालन हुने प्रतिबद्धता प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरेका थिए । मुख्यमन्त्री सिंहले प्रतिबद्धता व्यक्त गरेको दुई दिनभित्रमै अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधि पठाइएको हो ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डुमरिया अस्पतालबाट आवश्यक परिमाणमा स्वास्थ्य उपकरण र औषधि पठाइएको प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा सञ्जय ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments