बनेपामा पाँचौ संस्करणको ‘बनेपा महोत्सव २०८१’ हुने

काभ्रे – काभ्रेको बनेपामा पाँचौ संस्करणको ‘बनेपा महोत्सव २०८१’ हुने भएको छ । बनेपा ब्वाइज क्लबद्वारा आयोजनामा काभ्रेको बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलाको आयोजना गरिने भएको हो ।

‘बनेपा महोत्सव–२०८१ पाँचौँ संस्करण’ आउँदो असोज ९ गतेदेखि १५ दिन आयोजना हुने बारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले बनेपा नगरपालिका– स्थित उग्रेश्वर महदेव मन्दिर परिसरमा मेलाको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए । उनका अनुसार उक्त मेलामा कृषि, घरेलु सामग्रीलगायतका करिब एक सय वटा प्रदर्शनी कक्ष रहनेछन् ।

मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई साँस्कृतिका कार्यक्रमसमेत गरिने जनाइएको छ ।

मेलामा खेल प्रतिस्पर्धा, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिनेछ । मेलाको व्यवस्थापनको तयारी सुरु भइसकेको कर्माचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments