जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट ६ जना पक्राउ

झापा – जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–९ बस्ने १९ वर्षीय अनिश लिम्बु, सोही नगरपालिका–८ बस्ने ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, १९ वर्षीय सुनिल राजवंशी, १९ वर्षीय सुदिप श्रेष्ठ र १९ वर्षीय सुजन डाँगी रहेका छन् ।

अनिश, सरोज र केशवले ती किशोरीलाई अर्जुनधारा नगरपालिका–८ नयाँ बजारस्थित बाख्रा हटिया लाग्ने स्थानको फलैचामा जबरजस्ती करणी गरेको र सुनिल, सुदिप, सुजन र २० वर्षीय संजीव तामाङले अर्जुनधारा नगरपालिका–७ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न हाल फरार रहेका संजिवको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments