बेथानचोकको हात्तीढुंगामा आगोलागीबाट गाईगोठ जलेर नष्ट

काभ्रे – काभ्रेपलाञ्चोक जिल्ला स्थित बेथानचोक गाउँपालिका वडा नं १, हात्तीढुंगामा आगोलागीबाट गाईगोठ जलेर नष्ट भएको छ ।
आइतबार बिहान २ बजेको समयमा बेथानचोक गाउ“पालिका वडा नं १ हात्तीढुंगाका गोविन्द घिमिरेको गाईगोठमा आगोलागी भएको बेथानचोक गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिए ।

खुवा बनाउने पसलबाट सल्किएको आगो सँगै जोडिएको गाईगोठमासमेत लागेर गोठमा रहेको गाई १ वटा, गाईको बाच्छो १ वटा, भैंसीको पाडी १ वटा जलेर मृत्यु भएको च्याम्राङवेशी–ढुंखर्क प्रहरी चौकीका इन्चार्ज रमेश शाह कानुले जानकारी दिए । उनका अनुसार, गोठमा रहेका अन्य पशुचौपायलाई भने जिवित नै उद्धार गरिएको थियो । आगोलागीबाट कुनै मानविय क्षति भएको छैन ।

आगोलागीमा गाईगोठ र पसलमा रहेका भाँडा–कुडाँ, खाद्यन्न सामाग्री, लत्ताकपडा लगायत गरी करिब ९ लाख ४५ हजार रुपैंया बराबरको क्षति भएको उनले बताए । उनका अनुसार, बिहान २ बजेबाट सुरु भएको आगोलागी स्थानीयहरुको सहयोगमा बिहान ५ः४५ बजे नियन्त्रणमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments