फिरौती मागेको अभियोगमा जलेश्वर मन्दिरबाट दुई जना पक्राउ

महोत्तरी – फिरौती मागेको अभियोगमा महोत्तरीको जलेश्वर मन्दिरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामगोपालपुर –५ घर भई जलेश्वर डेरा गरी बस्ने २४ वर्षीय सुनिल कुमार राउत र १९ वर्षीय करण मण्डल रहेको प्रहरीले जनाएको छ ।

जलेश्वर नगरपालिका – ५ का गफुर राईनलाई पैसा माग गरिएको र पैसा नदिए धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताए ।

उनका अनुसार, पक्राउ परेको दुबै जनाले केही दिन देखी अगाडि बाटोमा चिठ्ठी दिएर ९२ हजार रुपैयाँ माग गरिएको र पैसा नदिए धम्कीपूर्ण भाषा प्रयोग गरिएको सूचना प्राप्त भएपछि शुक्रबार जलेश्वर मन्दिरबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments