दैलेखमा चट्याङ लागेर एक किशोरी घाइते

दैलेख – दैलेखमा चट्याङ लागेर एक किशोरी घाइते भएकी छिन् । गएराति चट्याङ पर्दा घरभित्रै रहेकी दैलेखेको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कका राजबहादुर बुढाको १४ वर्षीया छोरी रमा घाइते भएकी हुन् ।

ठूलो पानीसँगै परेको चट्याङले कोठाभित्र सुतिरहेकी रमा घाइते हुनुभएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले जानकारी दिए ।

उनका अनुसार, उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments