भक्तपुर – गाईजात्रा पर्व (सापारु) को तयारी तीव्र पारिएको छ । भक्तपुरमा मनाइने गाईजात्रा पर्वको तयारीलाई तिब्र पारिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
उनका अनुसार, भक्तपुर नगरपालिकाले जात्रामा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरुका साथै अन्य आवश्यक तयारीलाई तीव्रता दिएको हो ।
गाईजात्रा पर्वलाई सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने नगर प्रमुख प्रजापतिले बताए । नगरमा बढीभन्दा बढी सांस्कृतिक गतिविधिहरू प्रदर्शनीका लागि नगरवासीलाई उत्साहित गर्नका लागि सबै वडामा सांस्कृतिक भेला आयोजना गरिएको भन्दै प्रजापतिले भाद्र १ गतेसम्म सबै तयारी सम्पन्न गर्ने नगर प्रमुखको भनाई थियो ।
त्यस्तै गाईजात्रा पर्वमा नगरभित्र रहेका तारहरूको व्यवस्थापनका लागि आग्रह गरिसकेको भन्दै समयमा नै तारको व्यवस्थापन नगरे नगर आफैँले काट्ने उल्लेख गरे ।
भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट घिन्ताङघिसी नाचको प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको दिनसम्म गाईजात्रा पर्व मनाइन्छ ।
भक्तपुरमा प्रत्येक वर्ष जनैपूर्णिमाको साँझ तलेजुबाट घिन्ताङघिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु हुने परम्परा रहिआएको छ । त्यस दिन साँझ तलेजुबाट निकालिने गाईजात्राको घिन्ताङघिसी नाच नगर परिक्रमा गराइन्छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित