काठमाडौं – नृत्य निर्देशक महेश्वर सुनार (महेश गोदार ) को अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय नृत्य संघ नेपाल गठन भएको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद पौडेल, उपाध्यक्ष प्रेम श्रेष्ठ, रोहिया महर्जन, कविराज गहतराज चयन भएका छन् । यस्तै संघको सचिबमा शिवराम कासुला, सह सचिवमा शान्ति कठायत, कोषाध्यक्षमा प्रशान्त तामाङ चयन भएका छन् ।
यस्तै संघको केन्द्रिय कार्यसमिति सदस्यहरुमा दिपेन्द्र शाही ठकुरी, महेश प्रकाश हाडा, नम्रता केसी, यमुना पिठकोटे, सुर्या कार्की, जगदीश गुरुङ, किसान नेपाली, रोहित बस्नेत र बिशम राजवंशी चयन भएका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित