जाजरकोट – जाजरकोटमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी छोरी १४ बर्षीया मनीषा बिक रहेकी छिन् ।
बुधबार, घर नजिकैको जङ्गलमा घाँस काट्न गएको बेला भीर बाट लडेर उनको मृत्यु भएको स्थानीयले जानकारी दिए ।
त्यस्तै, जुनिनिचाँदे गाउँपालिका ११ स्थित खानाखोला भन्ने ठाउँमा खोला तर्दै गर्दा,चिप्लिएर खोलामा ३ दिन अघि बेपत्ता भएको जुन चाँदे गाउँपालिका १० का २१ वर्षका तेज बहादुर रोकाया को खोजी कार्य जारी रहेता पनि हाल सम्म शव प्राप्त गर्न नसकिएको प्रहरीले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित