पहिरोले मध्ये पहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडक खण्ड अवरुद्ध

सिन्धुली – पहिरोले सिन्धुली स्थित मध्ये पहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडक खण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षासँगैको पहिरो, ढुङ्गा र माटोसहितको लेदोका कारण सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ अक्करे भीरमा सडक अवरुद्ध भएको हो।

बिहीबार बिहान पौने ६ बजेदेखि दुवैतर्फको सडक अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए। उनका अनुसार, अवरुद्ध खडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments