ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी गर्ने तथा खरिद गर्ने गिरोहका १० जना पक्राउ

काभ्रे – ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी गर्ने तथा खरिद गर्ने गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा रहेका ट्रान्सफर्मर निकालेर त्यसभित्र रहेको तामाको तार चोरी गर्ने तथा खरिद गर्ने गिरोहका १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पक्राउ पर्नेमा दोलखा जिल्लाका २४ वर्षीय प्रेम मिजार, २४ वर्षीय जगन्नाथ बस्नेत, २७ वर्षीय सुनिल ढकाल, २१ वर्षीय प्रविण बस्नेत, ३० वर्षीय दिकुल खत्री, २२ वर्षीय प्रल्लाद बस्नेत, सिन्धुपाल्चोक जिल्लाको २८ वर्षीय कुमार बि.क, ४२ वर्षीय राजेश बि.क, २२ वर्षीय सन्तोष बि.क र काभ्रेपलाञ्चोक जिल्लाको ४५ वर्षीय विष्णु बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, चोरी गरेको सामानहरु बा १ व ७८३४ नं. को माईक्रो भ्यानको प्रयोग गरी भक्तपुर जिल्लाका विभीन्न कवाडी पसलमा लगि बेच्ने गरेको तथ्य खुलेको र उक्त भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको भुम्लुदेखी नमोबुद्ध नगरपालिकासम्म विभिन्न स्थानमा रहेका ६ वटा ट्रान्सफर्मर डेढ महिनाको अवधीमा निकालेर त्यसको तार चोरी भएको जिल्ला प्रहरी कार्यालयक काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, गिरोहले खानेपानी र सिन्चाईका लागि विद्युत प्रवाह गर्न प्रयोग गरिने ट्रान्सफर्मरलाई आफ्नो निशाना बनाउने गरेका थिए । एकान्त ठाउँमा हुने र ट्रान्सफर्मर निकाल्दा तत्कालै स्थानीयले थाहा नपाउने हुँदा ती ट्रान्सफर्मर निकाल्ने गरिएको ट्रान्सफर्मरको तार निकालेर कवाडीलाई बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, प्रहरी चौकी भकुण्डेवेशी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले ट्रान्सफर्मर चोरी गर्ने गिरोहमा संलग्न ७ जनालाई पक्राउ गरेको हो ।

प्रारम्भिक सोधपुछ गर्ने क्रममा चोरी गरेका तामाका तारहरु भक्तपुर जिल्ला स्थित विभिन्न कवाडी पसलमा बेच्ने गरेको पाइएपछी जिल्ला प्रहरी कार्यालय काभ्रे, इलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी वृत जगाती भक्तपुरको संयुक्त टोलीले गिरोहमा संलग्न थप ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अनुसन्धानको क्रममा कवाडी धनीले कवाडीको सामान लिन जाने निहुँले विभीन्न स्थानहरुमा पुगी त्यस्तो ट्रान्सफर्मर रहेको यकिन गरे पश्चात उक्त समुहका मुख्य व्यक्तिलाई खबर गर्ने र गिरोहले गाडी समेतको व्यवस्था गरी रात्रिकालिन समयमा पूर्व योजना मुताविक ट्रासफर्मर निकाली त्यसभित्र रहेको तामाको तारलाई निकालेर लाने गरेको प्रहरीले जनँएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments