काठमाडौं – संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयक पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको हो ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो ।
विधेयकमा सन्दर्भमा देखिएका विवादहरुलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति गरेको थियो । विवादित विषयहरुमा सहमति भएसंगै १८ वर्षपछि विधेयक अघि बढेको हो ।
बैठकमा कानूनमन्त्री अजय कुमार चौरसियाले मानवअधिकारको उलंघनमा पिडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्ने लगाएतका विभिन्न सवालमा दलहरुबीचको सहमति महत्वपूर्ण रहेको बताए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित