मच्छेगाउँमा भदौ दोस्रो साता राष्ट्रिय लाखे नाच महोत्सव

काठमाडौं – काठमाडौं जिल्ला स्थित मच्छेगाउँमा भदौ दोस्रो साता राष्ट्रिय लाखे नाच महोत्सव हुने भएको छ ।

यहीँ भदौ १४ र १५ मा चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा राष्ट्रिय लाखे नाच महोत्सव गर्न लागिएको हो ।

लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला(संस्कृति एकै स्थानमा देख्न, हेर्न पाइनुका साथै संस्कृति जगेर्नामा योगदान पुग्ने चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताए ।

युवापुस्तामा संस्कृति, परम्परा र मौलिकता उजागर गर्न महोत्सवले ठूलो सन्देश दिएको उनले बताए । उनका अनुसार,आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले गत वर्ष ६० भन्दा धेरै लाखे नाच प्रदर्शन भएको स्मरण गर्दै यसपटक ४५ जिल्लाबाट सहभागिता हुने अनुमान गरिएको छ ।

आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला, संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजक संस्थाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments