काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा ३ सय रुपैंया बृद्धि भएको छ ।
बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन बिहीबार ३ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ६ सय रूपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ७ सय १० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ६ सय ९० रूपैयाँमा कारोवार भइरहेको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित