‘सवारी दुर्घटना हुन नदिने कुराको सुनिश्चितता गर्नु आवश्यक’ : गृहमन्त्री लेखक

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना हुन नदिने कुराको सुनिश्चितता गर्नु आवश्यक रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले दुर्घटना हुन नदिने कुराको सुनिश्चितता गर्नु आवश्यक भएको बताएका हुन्।

गृहमन्त्री लेखकले सरकारले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सबै उपायहरू अवलम्बन गर्ने बारेमा स्पष्ट पारे । उनले सिमलताल दुर्घटना सम्बन्धी प्रतिवेदन अध्ययन गरेर प्रतिवेदनमा उल्लेख भएका सबै सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सडक दुर्घटना न्यूनीकरणका लागि मन्त्रालय सँगसँगै अन्य निकायहरूको भूमिका हुने भन्दै सुझावलाई कार्यान्वयन गर्नका लागि मातहतका निकाय र सरोकारवाला निकायहरूलाई पत्राचार गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments