काठमाडौँ – नेपाली बजारमा आज एकैदिन सुनको मूल्य २३ सय रुपैंयाले घटेको छ ।
सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, तेजाबी सुन तोलामा १ लाख ४७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको छ । सोमबार, जसको मूल्य तोलामा १ हजार ७८५ रुपैयाँ कायम भएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित