कर्णाली प्रदेश : ४ नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं – कर्णाली प्रदेशका चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बनेका छन् ।

नेपाली काँग्रेसबाट मन्त्री लागि सिफारिस भएका नवनियुक्त मन्त्रीले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले सपथ खुवाएका हुन् ।

आठ सदस्यीय मन्त्रिपरिषद मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments