नेपाल क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशन काभ्रेको अध्यक्षमा श्रेष्ठ

काभ्रे – नेपाल क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशन काभ्रे शाखाको अध्यक्षमा सूर्य बहादुर श्रेष्ठलाई चयन गरिएको छ । शुक्रबार काभ्रेको बनेपामा आयोजित एसोसिएशन प्रथम साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा शाखा गठन गरिएको हो ।

नेपाल क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशन काभ्रेको उपाध्यक्षमा बसन्त नारायण भोछिभया र संगम थापा, महासचिवमा नहकुल केसी, सचिव धर्मेन्द्र तिमल्सिना र कोषाध्यक्षमा निलम श्रेष्ठ रहेका छन् ।

सदस्यहरू पुष्पा खड्का, जयराम लामा, कल्पना सापकोटा, माधव खड्का र पुजन महर्जन चयन भएका छन् । प्रमुख सल्लाहकारमा महेशराज पौडेल, सल्लाहकारमा महेश कर्माचार्य, प्रेस सल्लाहकारमा नवराज बजागाईं र कपिल कोइराला रहेका छन् ।

नवनिर्वाचित पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशनका केन्द्रीय अध्यक्ष अशोक कुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर वाईबा लगायतले प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशनका केन्द्रीय अध्यक्ष अशोक कुमार श्रेष्ठले एसोसिएशनले खेलाडीहरूलाइनयाँ नयाँ अवसर प्रदान गर्दै आएको बताए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वाईबाले खेलकुदको क्षेत्रमा जिल्लाले उत्कृष्टता हासिल गरिरहेको र त्यसमा जिल्ला खेलकुद विकास समितिले प्रोत्साहन गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments