अवैध लागूऔषध सहित पाँच जना पक्राउ

काठमाडौं – अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ, विराटनगर महानगरपालिका–१६ यादव टोल बस्ने ४३ वर्षीया भोलिमाया यादवलाई अवैध लागूऔषध गाँजा १ किलो ८० ग्राम र नगद २ लाख ४१ हजार ५ सय रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरीमाई नजिकै पिपल चौतरास्थित सडकबाट अवैध लागूऔषध चरेश १० किलो २ सय ५० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी पश्‍चिम रामग्राम नगरपालिका-८ बस्ने ४३ वर्षीय अनिल भर चौधरी र पर्सा सखुवा प्रसौनी गाउँपालिका(१ सथवल बस्ने २७ वर्षीय हरी गौरब रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना।६ ख ५८३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।

झापा, शिवसताक्षी नगरपालिका-८ रत्न चोक बस्ने २४ वर्षीय फुर्वा तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

पर्सा, ठोरी गाउँपालिका-२ सुन्दरबस्ती बस्ने ३० वर्षीया अनिता गुरोलाई अवैध लागूऔषध गाँजा करिब ५० किलोग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । हाल फरार अनिताको श्रीमान् नन्दु गुरोको प्रहरीले खोजी गररहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments