जबरजस्ती करणी गरेको अभियोगमा विभिन्न स्थानबाट २ जना पक्राउ

काठमाडौं – जबरजस्ती करणी गरेको अभियोगमा विभिन्न स्थानबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अर्घाखाँचीमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–८ गोलखाडा बस्ने ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कुँवरले ती किशोरीलाई सोही नगरपालिका(६ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१५ बस्ने २० वर्षीय संजय राजवंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

राजवंशीले ती बालिकालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Vivi l’emozione del gioco d’azzardo con l’app casino Las Vegas

Vivi l’emozione del gioco d’azzardo con l’app casino Las Vegas

Stanleybet Belgium l’Art de Parier avec Passion et Audace

Stanleybet Belgium l’Art de Parier avec Passion et Audace

अन्य न्यूजहरु

news

Vivi l’emozione del gioco d’azzardo con l’app casino Las Vegas

news

Stanleybet Belgium l’Art de Parier avec Passion et Audace