विराटनगर – कोशी अस्पताल भर्ना भएका कैदी फरार भएका छन् । अस्पतालबाट फरार भएका कैदी २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद रहेका छन् ।
उनी जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेको जिल्ला कारागार मोरङले जनाएको छ । पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना कारागारका निमित्त जेलर तुलसी पौडेलले बताए ।
उनका अनुसार, बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन् । शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले बताएको छ ।
विराटनगर महानगरपालिका – ८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित