काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा १६ सय रुपैयाँले बृद्धि भएको छ । बिहीबार सुनको मूल्यमा १६ सय रुपैंयाले बृद्धि हुदाँ छापावाल सुन तोलाको एक लाख ४९ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला २० रुपैयाँ बढेर तोलाको १ हजार ८ सय रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुनको मूल्य १ लाख ४७ हजार ८ सय रुपैयाँ हुँदा चाँदीको मूल्य तोलाको १ हजार ७८० रुपैयाँ कायम भएको थियो।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित