नेपालमै पहिलो पटक काभ्रेको बनेपामा स्नातक तहमा ‘उड्डयन व्यवस्थापन‘ विषयको पढाई हुने

काभ्रे – नेपालमै पहिलो पटक काभ्रेको बनेपामा स्नातक तहमाम ’उड्डयन व्यवस्थापन’ विषयको पढाई हुने भएको छ ।

काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली इन्स्टिच्युटको साझेदारीमा बनेपामा स्नातक तहमा ’उड्डयन व्यवस्थापन’ पढाई हुने जानकारी गराइएको हो ।

उड्नुयन कानुन र नियमहरू, उड्डयन सुरक्षा, एयरपोर्ट योजना र व्यवस्थापन, एयरलाइन अपरेसनहरू, उड्डयन र अर्थशास्त्र, उड्डयन मार्केटिङ, पर्यटकीय महत्व र मानव संसाधन व्यवस्थापनसहितका पाठ्यक्रम समावेश गरिएको सिम्रिक भेञ्चरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए ।

उनका अनुसार, चार वर्षे स्नातक कार्यक्रमले विद्यार्थीलाई उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सीप र ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको छ ।

तीन वटा संस्थाको साझेदारीमा सञ्चालन हुन लागेको यस कार्यक्रमले अब विद्यार्थीहरुलाई अध्ययनकै लागि विदेशिनु पर्ने बाध्यता अन्त्य हुने काठमाडौं विश्वविद्यँयका उपकुलपति डा. भोला थापाले बताए ।

विद्यार्थीहरूको आलोचनात्मक सोच र समस्या समाधान गर्ने सीपहरू विकास गर्न डिजाइन गरिएको पाठ्यक्रमले विमान सम्बन्धित गतिविधिहरू प्रबन्ध गर्न व्यावहारिक प्रशिक्षण गरिने सिद्धार्थ वनस्थली इन्स्टिच्युटका अध्यक्ष पुष्पराम के.सीले बताए ।

उनका अनुसार, विद्यार्थीहरूले उड्यन प्रविधिहरू, उपकरणहरू र प्रणालीहरू सहित उड्डयनका विभिन्न पक्षहरूबारे सिक्नेछन् । जटिल परिस्थितिहरू कसरी व्यवस्थापन गर्ने, दबाबमा काम गर्ने र विभिन्न सरोकारवालाहरूसँग प्रभावकारी रूपमा कुराकानी गर्ने तरिका पनि सिक्नेछन् ।

आगामी असोजको पहिलो साताबाट अध्यापन सुरु हुने ४ वर्षे ( ८ सेमेस्टर हुने) कोर्ष अध्ययनका लागि नेपाली विद्यार्थीहरूलाई जम्मा ८ लाख ५० हजार शुल्क लाग्ने र विदेशी विद्यार्थीको हकमा १७ लाख रुपैंया खर्च लाग्ने जनाइएको छ । ‘उड्डयन व्यवस्थापन‘ मा भर्नाको लागि २३ अगष्टसम्म रजिस्ट्रेसन समय र ३० अगष्टमा प्रवेश परीक्षाको कार्य तालिका रहेको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments