काभ्रेमा १५ जनामा डेंगु संक्रमण पुष्टि

काभ्रे – काभ्रेपलाञ्चोक जिल्लामा १५ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार, ५ जना पुरुष र १० जना महिला गरी १५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा पनौती नगपालिकाकी १ जना पुरुषमा डेंगु संक्रमण पुष्टि भएको कार्यालय प्रमुख रागी श्री कक्ष्ँपति श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार, यस आर्थिक वर्षको श्रँवण १ गतेदेखि १५ गतेसम्म ४ जना पुरुष र १० जना महिलामा डेंगु संक्रमण पुष्टि भएको छ ।

सो मितिमा धुलिखेल नगरपालिकामा २ जना महिला र १ जना पुरुष, बनेपा नगरपालिकामा २ जना महिला र १ जना पुरुष, पनौती नगरपालिकामा ३ जना महिला र १ जना पुरुष, पा“चखाल नगरपालिकामा २ जना महिल, नमोबुुद्ध नगरपालिकामा १ जना महिला र रोशी गाउँपालिकामा १ जना पुरुषमा डेंगु संक्रमण पुष्टि भएको कार्यालयबाट प्रँप्त विवरणमा उल्लेख छ ।

त्यस्तै, काभ्रेको १३ वटा स्थानीय तहमध्ये मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, चौंरीदेउराली गाउँपालिका, महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकामा डेंगु संक्रमितको संख्या शून्य रहेको कार्यालयले जनाएको छ ।

डेंगु संक्रमण न्यूनिकरणका लागि कार्यालयले विभिन्न समयमा सचेतनामूलक कार्यक्रमस“गै ‘खोज र नष्ट’ अभियान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको कार्यालय प्रमख श्रेष्ठले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Vivi l’emozione del gioco d’azzardo con l’app casino Las Vegas

Vivi l’emozione del gioco d’azzardo con l’app casino Las Vegas

Stanleybet Belgium l’Art de Parier avec Passion et Audace

Stanleybet Belgium l’Art de Parier avec Passion et Audace

अन्य न्यूजहरु

news

Vivi l’emozione del gioco d’azzardo con l’app casino Las Vegas

news

Stanleybet Belgium l’Art de Parier avec Passion et Audace