पतञ्जलीको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायरसँगै सूर्यविनायकका मेयर थापा स्वतः निलम्बित

काठमाडौँ/पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनजनलाई आरोपी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यसै प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९३ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा नगरप्रमुख थापा पनि प्रतिवादी छन्।

काभ्रेपलान्चोकको साँगामा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्रीमा थापाको समेत संलग्नता रहेको अख्तियारको ठहर छ। भ्रष्टाचार मुद्दा दर्ता भएसँगै उनी स्वतः पदबाट निलम्बनमा परेका हुन्। मुद्दाको किनारा नलागेसम्म उनको निलम्बन कायमै रहने प्रावधान छ ।

पतञ्जलीले हदबन्दी छुट जग्गा गैरकानूनी रूपमा किनबेच गरेकामा थापाले पनि उक्त जग्गा किनेका थिए। उनी २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments