प्रधानमन्त्री ओलीले परीक्षण गरे ‘कनेक्ट किसान’ एआई, वैज्ञानिक उत्तरबाट सन्तुष्ट

‘कनेक्ट किसान’ एप ५ हजारभन्दा बढी पटक डाउनलोड भइसकेको

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कृषकहरूका लागि निर्माण गरिएको ‘कनेक्ट किसान’को एआई (कृत्रिम बुद्धिमत्ता) सल्लाह प्रणाली परीक्षण गर्दा यसले दिएको वैज्ञानिक उत्तरबाट प्रभावित देखिए ।

बागबजारस्थित आइडिया स्टुडियोमा आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले “कफि सुकाउने तरिका के हो ?” भनेर सोध्दा, प्रणालीले व्यावहारिक तरिकाले उत्तर दिएको थियो ।

प्रणालीले भन्यो, “कफिका फलहरू सफा गरेर चिसो र हावा लाग्ने स्थानमा पातलो तहमा राख्नुपर्छ । फलहरू नियमित रूपमा पल्टाउँदै राम्रोसँग सुकाउनु उपयुक्त हुन्छ, जसले गुणस्तरीय उत्पादन सुनिश्चित गर्छ ।”

Lahachhap
Lahachhap

‘कनेक्ट किसान’का निर्देशक राजन दाहालका अनुसार यो एआई प्रणालीले कृषकहरूलाई नेपाली भाषामा आवाज र पाठ दुवै माध्यमबाट कृषि सल्लाह दिन सक्छ । ह्वाट्सएप +977970-5919010जस्ता माध्यम प्रयोग गरेर किसानहरूले सजिलै आफ्नो समस्या पठाउन सक्छन्, र प्रणालीले उत्तर दिन्छ ।

यो प्रविधि ग्रामीण क्षेत्रका किसानहरूलाई लक्षित गरी विकसित गरिएको हो, जसमा इन्टरनेट पहुँच सीमित भए पनि सेवा प्रयोग गर्न सकिने बनाइएको छ । प्रणालीलाई नेपाली कम्पनी ‘दियो एआई’को सहयोगमा विकास गरिएको हो ।

सल्लाह प्रणालीले बाली संरक्षण, मलको मात्रा, रोग नियन्त्रण, सिँचाइ, तथा बजार मूल्य सम्बन्धी जानकारी पनि दिन सक्छ ।

हालसम्म ‘कनेक्ट किसान’ एप ५ हजारभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments