काठमाडौं महानगरपालिकाको वेभसाइटबाट सहरको वायु प्रदुषणको तत्काल अवस्था हेर्न सकिने

काठमाडौँ / काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदुषण मापन यन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आज ड्यास बोर्ड सार्वजनिक गरिएको हो ।

यो प्रणालीबाट वायु गुणस्तरको अवस्था हेरेर व्यक्तिहरुले जीवनशैली अपनाउनु होस् भन्ने हाम्रो चाहना हो । वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई भन्नुहुन्छ, ‘वातावरणीय अनुकुलता र प्रतिकुलता हेरेर त्यसअनुसारको जीवनशैली र आचरण बनाउनु पर्छ । यसका लागि प्रणालीले वास्तविक समयको सूचना दिन्छ ।’

https://kathmandu.gov.np/kmc-air-quality-monitoring

हेल्दी सिटि नेटवर्क परियोजनाका प्रमुख इञ्जिनियर सञ्जिब पाण्डेका अनुसार ड्यास बोर्डमा ७ खण्डहरु छन् । यस अघि सहरका बिभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणबाट वायु गुणस्तर हेर्न व्यवस्था वोर्डको मुख्य विशेषता हो । यससँगै वायु गुणस्तर सूचकांक बुझ्न सहयोग गर्ने शैक्षिक सामग्री राखिएका छन् ।

वायु गुणस्तर सूचकांकलाई रङ्ग संकेत दिएर स्वास्थ्य सावधानी सूचना बोर्ड छ । वायु प्रदूषणसम्बन्धी जनचेतनामूलक भिडियो सन्देश राख्ने ठाउँ छ । सवारी साधन प्रदुषण चेकजाँचको प्रगति विवरण हेर्न सकिन्छ । 

छत्रपाटी चिकित्सालय, लैनचौर, कलंकी चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा वायु प्रदुषण मापन यन्त्र जडान गरिएका छन् । यस्तै चक्रपथको ठुलो भ¥याङ्, बौद्ध, रत्नराज्य माध्यमिक बिद्यालय, मध्य बानेश्वर, टेकु ट्रान्सफर स्टेशन, वडा नंं २७ कार्यालय, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिल, जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनीको कार्यालय, जडीवुटी, वडा नं. ५ कार्यालय, नरःदे, वडा नं. २३ कार्यालय ओमवहाल, वडा नंं १ को सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, नक्साल र वडा नं. ३१ कार्यालय परिसरमा यन्त्र जडान भएका छन् । यी उपकरणमा भएका क्ल्यारिटी नोड–एस वायु गुणस्तर सेन्सरहरूले तत्काल अवस्थाको हावामा भएका पिएम २.५ को विवरण उपलब्ध गराउँछन् । यी उपकरणहरू सौर्य ऊर्जाबाट चल्छन् । यसबाट उत्पादन भएका तथ्याङ्कहरु उही समयमा महानगरपालिकाको ड्यास बोर्डमा प्राप्त हुन्छ । 

Lahachhap

पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना कणहरू हुन् । यी कणहरु सजिलै फोक्सोमा पुग्न सक्छन् । रक्तप्रवाहमा मिसिन सक्छन् । यसैकारण श्वासप्रश्वास, हृदय रोगसहित विभिन्न दीर्घ रोग उत्पन्न गराउँछ । विश्व स्वास्थ्य संगठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रोग्राम प्रति घनमिटर हुनुपर्ने भनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments