काभ्रेपलान्चोक/ जिल्लाको पाँचखाल नगरपालिका-९ स्थित पलान्चोक भगवती मन्दिरको दानपेटिका चोरीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले खानीखोला गाउँपालिका–७ का ३० वर्षीय रबिन खुलाललाई पक्राउ गरेको हो।
खुलालले २०७९ कात्तिक १६ गते राति दानपेटिका फोडी ७० हजार रुपियाँ चोरी गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
अनुसन्धानको क्रममा खुलाल रामेछापको खाँडादेवी मन्दिरमा रहेको दानपेटिकाको नगद चोरी गरेको अभियोगमा थुनामा रहेको सूचनाको आधारमा काभ्रेपलान्चोकबाट खटेको प्रहरी टोलीले सनाखत गरी किटानी जाहेरी दर्ता गरी अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित