काठमाडौं / काठमाडौं महानगरपालिकाले वायु प्रदुषण बढाउने गतिविधि नगर्न महानगरबासीलाई अपिल गरेको छ ।
महानगरले आज एक सूचना जारी गर्दै केही दिनम यता काठमाडौं उपत्यका लगायत देशभर वायु प्रदूषण बढेको भन्दै प्रदूषण बढाउने गतिविधि नगर्न अपिल गरेको हो ।
सवारी साधनबाट निस्कने धुँवा, सडक तथा अन्य निर्माण कार्यबाट उड्ने धुलो, उद्योग तथा कलकारखानाबाट उत्सर्जित धुँवा, र खुला रूपमा प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कने विषाक्त ग्यासहरूले प्रदूषण बढ्ने भएकाले महानगरले सचेत गराएको हो ।
काठमाडौं महानगरपालिकाले वायु प्रदूषणको रोकथाम तथा नियन्त्रणका लागि खुला रूपमा फोहोर जलाउने कार्यमा प्रतिबन्ध लगाएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित