चीनमा फैलिएको ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) संक्रमण भारतमा पनि पुगेको छ । भारतको मेडिकल रिसर्च काउन्सिल (आईसीएमआर)ले कर्नाटकका दुई बालबालिकामा एचएमपीभी संक्रमण भेटिएको पुष्टि गरेकाे हाे ।
भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार तीन महिनाकी बालिका र आठ महिनाका बालकमा संक्रमण देखिएको हाे । घटनापछि कर्नाटकका स्वास्थ्यमन्त्रीले आकस्मिक बैठक समेत बोलाएका छन् ।
हाल चीनमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) को प्रकोप देखिएको छ। याे भाइरसका कारण ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएका खबरहरु पनि आइरहेका छन् ।
भारतमा पनि स्वास्थ्य मन्त्रालयले यस विषयमा कडा निगरानी सुरु गरेको छ । धेरै राज्यहरूले एडभाइजरी र अलर्ट जारी गरिसकेका छन्। यसका साथै, भारतमा एचएमपीभी भाइरसका दुईजना संक्रमित फेला परेका छन्।
मन्त्रालयका अनुसार तीन महिनाकी बालिकालाई ब्रोन्कोनिमोनियाको उपचारको लागि बेंगलुरुको ब्याप्टिस्ट अस्पतालमा भर्ना गरिएको थियो। साेहि क्रममा, बालिकालाई एचएमपीभी भएको पत्ता लागेको थियो । तर उनी डिस्चार्ज भइसकेकी छिन् ।
सोही अस्पतालमा आठ महिनाको शिशुमा पनि संक्रमण देखिएको थियो । उनको नमूना २०२५काे जनवरी ३मा लिइएको थियो। संक्रमित बालबालिका र उनीहरुको परिवारले कुनै पनि विदेश यात्राको गरेका छैनन्।
आन्ध्र प्रदेश सरकारद्वारा अलर्ट जारी
आन्ध्र प्रदेश सरकारले एचएमपीभी भाइरसको विषयमा अलर्ट जारी गरेको छ। आन्ध्र प्रदेशकाे जनस्वास्थ्य र परिवार कल्याणका निर्देशक के पद्मावतीका अनुसार याे भाइरस कोभिड-१९ जस्तै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ।
यसले मुख्यतया बालबालिका, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरूलाई असर गर्छ। हालसम्म आन्ध्र प्रदेशमा एचएमपीभीको कुनै केस रिपोर्ट गरिएको छैन र यसबारे अहिले चिन्ता लिनुपर्ने अवस्था नरहेकाे पनि बताइएकाे छ ।
एचएमपीभीबाट संक्रमित व्यक्तिहरूसँग नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूलाई भाइरसको संक्रमण हुने जोखिम हुन्छ। खोक्दा, हाछ्युँ गर्दा, छोएर हात मिलाउँदा पनि यो रोग सर्ने उनको भनाइ छ ।
ह्युमन मेटाप्युमोभाइरस के हो?
ह्यूमन मेटान्यूउमोभाइरसलाई एचएमपीभी पनि भनिन्छ । याे भाइरसले मानव श्वासप्रश्वास प्रणालीलाई असर गर्छ। सन् २००१मा यो भाइरस पहिलो पटक पहिचान गरिएको थियो। त्यसपछि, नेदरल्याण्डका वैज्ञानिकहरूले यो पत्ता लगाएका थिए। यो प्यारामाइक्साेभिराडे परिवारको भाइरस हो।
अन्य श्वासप्रश्वास भाइरसहरू जस्तै, यो पनि संक्रमित व्यक्तिहरूले खोक्दा र हाच्छिउँ गर्दा नजिक रहेका व्यक्तिहरूमा फैलिन्छ।
केही अध्ययनले यो भाइरस विगत ६ दशकदेखि विश्वमा रहेको दाबी समेत गरेको छ ।
एचएमपीभीले कसलाई र कुन हदसम्म असर गर्छ?
यसले मुख्यतया बालबालिकालाई असर गर्छ। तर, यसको प्रभाव कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका र वृद्धवृद्धाहरूमा पनि देखिएको छ ।
यो भाइरसका कारण मानिसमा रुघाखोकी, ज्वरो र खकारको समस्या हुनसक्छ । धेरै गम्भीर भएकाे अवस्थामा, घाँटी र श्वासप्रश्वासको मार्ग अवरुद्ध हुँदा मानिसहरूको मुखबाट सिट्ठि जस्ताे आवाज पनि सुनिन सक्छ।
अझै केही थप गम्भीर अवस्थामा, यो भाइरसले मानिसहरूमा ब्रोन्कियोलाइटिस (फोक्सोमा अक्सिजन पुर्याउने नली सुन्निने) र निमोनिया (फोक्सोमा पानी भरिने) समस्या देखिन सक्छ। जसका कारण संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ ।
यसका लक्षणहरू कोरोना संक्रमण र सामान्य फ्लूसँग मिल्दोजुल्दो भएकाले यी दुईबीचको भिन्नता देखाउन गाह्रो छ। तर, हरेक मौसममा कोरोनाको महामारी फैलिए पनि एचएमपीभी भाइरसलाई हालसम्म मुख्यतया मौसमी संक्रमण मानिएकाे छ। तर, धेरै ठाउँमा वर्षैभरि पनि याे भाइरस पनि रेकर्ड गरिएको छ।
कोरोना बाहेक यो भाइरसका कारण श्वासप्रश्वासको माथिल्लो र तल्लो भाग दुवैमा संक्रमणको जोखिम हुन सक्छ।
सामान्य अवस्थामा यो भाइरसको प्रभाव तीनदेखि पाँच दिनसम्म रहन्छ।
खोप र उपचार विधिहरू के हुन् ?
अहिले, मानव मेटान्यूमोभाइरस विरुद्ध सुरक्षा गर्न कुनै खोप उपलब्ध छैन। यसबाहेक एन्टिभाइरल औषधिको प्रयोगले पनि यसमा कुनै असर गर्दैन। यस्तो अवस्थामा एन्टी भाइरलको प्रयोगले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
यस भाइरसबाट पीडित व्यक्तिहरूका लागि लक्षणहरू कम गर्न केही औषधिहरू दिन सकिन्छ। तर, भाइरसलाई निर्मूल पार्ने अहिलेसम्म कुनै उपचार उपलब्ध छैन । एजेन्सी
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित