यस वर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने

काठमाडौँ/  यस वर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने भएको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज मंगलबार बसेको मूल समारोह समितिको बैठकले २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा गर्ने निर्णय गरेको हो । 

यस वर्षको मूल नारा ‘भूकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ’ तय गरेको छ । 

बैठकले सुरक्षा दिवसका अवसरमा देशव्यापी रूपमा सचेतना एवं पूर्वतयारीका कार्यक्रम आयोजना गर्न प्रदेश, स्थानीय तह एवं नागरिक संघसंस्थालाई आग्रह गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, गृहसचिव गोकर्णमणि दुवाडीलगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments