फलो अप- केयुका अनुत्तीर्ण विद्यार्थी

केयुबाटै कागजात लिएर गएको अख्तियारले प्राज्ञिक परिषद्‌को निर्णय पुस्तिका पनि मगायो

केयुको दीक्षान्त समारोह मंसिर २९ मा भएको थियो सो प्रयोजनका लागि मंसिर २४ मा प्राज्ञिक परिषद्‌को बैठक बसेको थियो ।

काठमाडौं/ काठमाडौ विश्ववद्यिालयको हालै सम्पन्न दीक्षान्तमा स्कुल अफ म्यानेजमेन्टका ‘डिग्री पुरा नगरेका’ र ‘ड्रप आउट’ भएका ७ विद्यार्थीको नाम ग्रेस लिष्टमा परेको खबर बाहरिएपछि सबैतिर चासो बढेको हो ।

यसै क्रममा पुस ७ गते आइतबार अख्तियारबाट उपसचिव नेतृत्वको डिएसपीसहितको टोली काठमाडौं विश्व विद्यालयको केन्द्रीय कार्यालय पुगेर ‘ग्रेस लिष्ट’सँग सम्बन्धित कागजातहरु लिएर गएको थियो, र सोही दिनबाट घटनाको अनुसन्धान थालिएको थियो ।

भोलिपल्ट प्रधानमन्त्री तथा मन्त्री परिषद्‌को कार्यालय सिंहदरबारमा बसेको केयु सिनेट बैठकमा रजिष्ट्रार डा. अच्युतप्रसाद वाग्लेले ती विद्यार्थीको नाम कसरी सूचीमा पर्न गयो भन्नेबारेमा छानबीन सुरु भएको र ती विद्यार्थीले प्रमाणपत्र नलएिको बैठकलाई जानकारी गराएपछि ग्रेस लिष्टबाट अनुत्तीर्ण विद्यार्थीको नाम सच्याउने निर्णय गरेको थियो ।

अनुसन्धान थालनी गरिसकेको अख्तियारले विश्वविद्यालयबाट भएको गम्भीर त्रूटीमा यो निर्णयलेमात्रै नपुग्ने मनसायबाट थप कागजातहरु मगाएको बुझिएको छ ।

अख्तियारले पुस ९ गते मंगलबार केयुबाट दीक्षान्तका लागि योग्यता निर्धारण हुने अन्तिम परीक्षणअर्थात प्राज्ञिक परिषदबाट स्वीकृत भएको ग्रेस लिष्टकै निर्णय मगाएको हो ।

केयुका एक पूर्व परीक्षा नियन्त्रकका अनुसार केयुमा परीक्षा नियन्त्रण कार्यालयले ग्रेस लिष्ट तयार गर्ने र त्यसलाई प्राज्ञिक परिषद्‌ले पुनः परीक्षण गरेर प्रमाणित गर्ने अभ्यास रहँदै आएको छ ।

केयुको दीक्षान्त समारोह मंसिर २९ मा भएको थियो सो प्रयोजनका लागि मंसिर २४ मा प्राज्ञिक परिषद्‌को बैठक बसेको थियो ।

प्राज्ञिक परिषद्‌ले प्रमाणित गरेको लिष्टको आधारमा उपकुलपति र रजिष्ट्रारले प्रमाणपत्रमा हस्ताक्षर गर्ने प्रचलन रहेको छ ।

उपकुलपति अध्यक्षताको कार्यकारी परिषद्‌ले दीक्षान्तको प्रस्तावलाई अनुमोदन गर्ने, कुलपतिको अध्यक्षताको सिनेट बैठकबाट एउटैमात्र कार्यसूची ‘ग्रेस लिष्ट’ को अन्तिम स्वीकृति दीक्षान्त घोषणा गरिन्छ । त्यसपछिमात्रै दीक्षान्तका लागि विद्यार्थी योग्य ठहरिने गरेका छन् ।

हाल परीक्षा नियन्त्रकमा प्राडा रामप्रसाद घिमिरे कार्यरत छन् । विगतका परीक्षा नियन्त्रकहरु पुष्पराज अधिकारी, पन्नाबहादुर थापाको कार्यकालमा परीक्षाकै कारणा केयुको साख नै गिर्ने गरी यस्तो त्रुटी कहिल्यै नभएको कर्मचारीहरुको भनाई छ ।

प्राज्ञिक परिषद्को व्यवस्थाः

सम्बन्धित समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments