यूएईको राजधानी अबुधाबीमा रहेको नेपाली दूताबासको मधेशी एकता समाज यूएईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री ननवल किशोर साह सुडीले यूएईका मधेशी बुद्धिजीवि र श्रमिकहरुसँग अन्तरक्रिया गरेका थिए।
यूएईका बिभिन्न क्षेत्रमा काम गरेर सफल बनेका मधेशी व्यवसायी, श्रमिक र बुद्धिजीवी हरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन मधेशी एकता समाजका अन्तर्राष्ट्रिय संयोजक डाक्टर रबिन्द्रकुमार यादबले गरेका थिए।
कार्यक्रमको मुख्य उद्देश्य मधेसका श्रमिकहरूको समस्या र उनीहरुका समस्यालाई समाधान गर्ने थियो। नेपाली श्रमिकहरुको लागि कस्ता योजनाहरू ल्याउन सकिन्छ त? भन्ने बिषयमा छलफल भएको र ती योजना नेपाल सरकारसम्म मन्त्री साहमार्फत पुर्याउनु रहेको आयोजकको भनाई थियो।
कार्यक्रममा केही पीडितहरुसंग पनि अन्तरक्रिया भएको थियो। पीडितहरुका अनुसार नेपालमा दलालहरूले ठूलो प्रलोभनमा पारी मोटो रकम असुलेर विदेश पठाएको र यहाँ आऊँदा भनेजस्तो काम नमिलेको, कम्पनीको अत्याचार सहन नसकी कम्पनी छोड्न बाध्य भएको र आफुलाई नेपाल पठाईदिन मन्त्री सामु पीडितहरुको आग्रह थीयो ।
कार्यक्रममा बिभिन्न क्षेत्रका बुद्धिजीवीहरूले नेपाल सरकारले गाऊँ-गाऊँमा गएर जनचेतनामुलक कार्यक्रम गरी जनचेतना जगाऊन र कानुन विपरित सीधा साधा जनतालाई झुक्काई मोटो रकम असुली गर्ने दलाल र मेनपावर कम्पनीलाई कार्वाही गर्न नेपाल सरकारको ध्यान जावस् भनि मन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका थीए ।
मन्त्री शाहले पीडितहरूको समस्याले आफूलाई पनि पीडा भएको र सबै कुरा मन्त्री परिषदमा उठाउने बताए, ‘रातपछि दिन आएझैं दु:खपछि सुख आउने र असफलता पछि सफल पनि भईन्छ’, मन्त्री साहले सान्त्वना दिए ।
कार्यक्रममा मधेशी एकता समाज, युएईका अध्यक्ष धर्मेन्द्र गोहिवार यादव , महासचिव रोशन देव, न्यूयोर्क युनिभर्सिटी आबुधाबीबाट कम्प्युटर ईन्जिनियरिङ् गरेका उत्तम मिश्रा, मधेशी उद्योगी व्यवसायी विनेश यादव, चार्टर्ड एकाउन्टेन्ट्सको पेशाबाट रेस्टुरेन्ट चेन ‘मोमचा’ सुरू गर्ने जीबछ साह, बैंकिङ क्षेत्रकी मधेशी महिला शबनम नाज़, दुई हप्तादेखि दूतावासको बाहिर भुइँ मै रात गुजारी राखेका श्रमिकहरु मनोज साह, सरोज शर्मा, कासिन्दर राम साथै राजदुतावास का श्रम काउन्सेलर, एनआरएन का महासचिव भुवन वाग्लेले आफ्ना कुरा राखेका थिए।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी ‘महिला सशक्तीकरण महाशाखाकी’ सहसचिव आभा श्रेष्ठ कर्ण लगायत नेपाली दुतावासका पदाधिकारी समेतको उपस्थिति थियो।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित