यो वर्ष पोलियोका सङ्क्रमितको सङ्ख्या ५५ पुग्यो

पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि


इस्लामाबाद/ पाकिस्तानमा आइतबार तीन जनामा पोलियोको सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै पाकिस्तानमा यो वर्ष पोलियोका सङ्क्रमितको सङ्ख्या ५५ पुगेको छ ।

नेशनल इन्स्टिच्युट अफ हेल्थको पोलियो उन्मूलनका लागि क्षेत्रीय सन्दर्भ प्रयोगशालाले डेरा इस्माइल खान, झोब र जाफराबादसहित तीन जिल्लामा वाइल्ड पोलियो भाइरस टाइप १ (डब्लूपीभी–१) पत्ता लागेको पुष्टि गरेको छ।

देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा यस वर्ष पोलियोका छ जना बिरामी भेटिएका छन् ।

यसअघि, दक्षिणपश्चिमी जिल्ला झोब र जाफराबादमा क्रमशः तीन र दुई जनामा सङ्क्रमण देखिएको थियो ।

पाकिस्तानले पोलियो कार्यक्रम अन्तर्गत जनवरी २०२४ देखि धेरै सामूहिक खोप अभियानहरू सञ्चालन गरेको छ र बालबालिकाहरूलाई उनीहरूको घरदैलोमा सीधै खोप उपलब्ध गराएको छ।(रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments