काभ्रे – जिल्लाको ऐतिहासिक नगर पनौती नगरपालिकालाई आज (शनिबार) बालश्रममुक्त नगर घोषणा गरिने भएको छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा नगरपालिकालाई आज बालश्रममुक्त नगर घोषणा गर्न लागिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गर्ने कार्यतालिका रहेको नगरपालिकाले जनाएको छ ।
पनौती नगरपालिकाका वडा नं १ देखि १२ सम्मका सबै वडा क्रमिक रुपमा बालश्रममुक्त भएसँगै पुरै नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणा गरिएपश्चात नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्न लागिएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले जानकारी दिए ।
पनौती नगरपालिकाले बाल श्रमको खोजी गरी बालश्रममा रहेका बालबालिकाहरूको व्यवस्थापन गरेको र शिक्षाको व्यवस्था, परिवारमा मिलनको कार्य गरेको नगरपालिकाका उपप्रमुख गिता बञ्जाराले बताइन् ।
पनौतीमा १७ जना बालबालिका श्रममा राखेको पत्ता लागेपछि उनीहरुलाई पुनस्थापना गरिएको जानकारी समेत गराईएको छ ।
पनौती नगरपालिकाको बालश्रम मुक्त अभियानको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासँगको सहकार्यमा अन्तराष्ट्रिय श्रम संगठन आइ.एल.ओको सहकार्य गरिरहेको नगरपालिकाले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित