देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्न वर्तमान सरकार क्रियाशील छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताएका छन् ।

सहरी विकास मन्त्रालयमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ्दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने देशका दुई ठूला दलले सत्ता साझेदारी गरेका बताए ।

उपप्रधानमन्त्री सिंहले भने, “सरकारको राजनीतिक सन्देश जनजीविकाका सवालमा प्रभावकारी काम गर्नुपर्छ भन्ने छ ।”

फरक प्रसङ्गमा उनले सहरी क्षेत्रका समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै उहाँले फोहरमैला व्यवस्थापन, खुला क्षेत्र, सडक, यातायात व्यवस्थापनलगायत क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने उल्लेख गरे ।

कार्यक्रममा उक्त मन्त्रालयका निमित्त सचिव पद्यकुमार मैनालीले मन्त्रालयबाट हालसम्म भएका कामबारे जानकारी दिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments