काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च भएको छ । आज (सोमबार) प्रतितोला ३ सय रुपैंया बृद्धि भई १ लाख ५० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको हो ।
आइतबार, छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित